मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

विषालु च्याउ खाँदा पूर्वी नवलपरासीमा २ जनाको मृत्यु

ekantipur.com · Thu Jul 27 00:41:42 GMT 2023

पूर्वी नवलपरासी — विषालु च्याउ खाँदा पूर्वी नवलपरासीमा एकै परिवारका दुई महिलाको मृत्यु भएको छ । बौदीकाली गाउँपालिका –६ का ९२ वर्षीय लिला आले र ६६ वर्षीय उमाकुमारी आलेको मृत्यु भएको हो ।

गाउँपालिका अध्यक्ष प्रकाश ओझाका अनुसार ५ दिनअघि उनीहरूले जंगलबाट ल्याएको च्याउ खाएका थिए । च्याउ खाएपछि नरमको माल्डाँडा गाउँका एकै परिवारका लिला आले, कुलमान आले मगर, उमा कुमारी आले, ललिता आले मगर, तारा आले र छिमेकी खगिसरा सिंजाली बिरामी परेका थिए ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)