मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

'चासो छैन राजनीतिमा, भर लाग्दैन दलमा’

nepallive.com · Fri Mar 26 00:16:00 GMT 2021

भनाइ नै छ, राजनीति सम्भावनाहरूको खेल हो। पछिल्ला केही महिनायता विकसित राजनीतिक परिघटना केलाउँदा देखिन्छ- राजनीति अनुमान नै गर्न नसकिने खेल रहेछ। हुन पनि तीन वर्षअघि मात्र प्रचण्ड बहुमतसहितको स्थिर सरकार बनाउने म्यान्डेट दिएका आम नेपाली यतिखेर अस्थिरता, अराजकता र अस्तव्यस्तता आँखैअगाडि हेर्न अभिशप्त बनेका छन्।

सत्ताको खेलमा असमयमै भंग गरिएको प्रतिनिधि सभा अदालतले पुनःस्थापना गरिदिए पनि राजनीतिले समाजका यावत पक्षमा थोपरेको कालो बादल मडारिरहेकै छ। र, त्यसैले त जनतामा यो राजनीतिप्रति चासो लाग्न छाडेको छ। बरु वितृष्णा बढ्दो छ। दल र नेताहरुप्रति अविश्वास चुलिँदो छ। अनि आफ्नै भविष्यप्रति अनिश्चय। त्यसैले त उनीहरुलाई लाग्छ, देश गलत दिशामा कुदिरहेको छ।

स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)