मुक्तिनाथ मन्दिरमा दशैं टिका
corporatenepal.com · Wed Oct 21 00:50:41 GMT 2026

मुस्ताङ । हिन्दु तथा बौद्ध धर्मालम्बीहरुको साँझा धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा सर्वसाधारणलाई दशैंको टिका लगाइने भएको छ । मन्दिरका पुजारी कृष्णप्रसाद सुवेदीले दशैंको अवसरमा सर्वसाधारणलाई टिका, जमरा र आर्शिवाद दिने कार्यक्रम रहेको बताए ।
विजया दशमीको शुभ साइतको दिन अक्षतारुपि टिका, जमरा लगाएर सर्वसाधारणलाई आशिर्वाद दिइने पुजारी सुवेदीको भनाइ छ । आफन्त, मान्यजन र परिवारबाट टाढा भएका तथा अभिभावक नभएकालाई मुक्तिनाथ मन्दिरमा दशैं टीका लगाइदिने व्यवस्था गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)