काँग्रेस महाधिवेशनः तोकिएको समयमा हुने सम्भावना टर्दै, थरीथरी विकल्पमा चर्चा
dcnepal.com · Wed Jul 28 16:24:00 GMT 2021
काठमाडौं। नेपाली काँग्रेसको गत असार ४ गते बसेको केन्द्रीय कार्यसमितिले गरेको निर्णय अनुसार काम भएको भए बुधबार देशभरका वडाहरुले काँग्रेसको वडा समिति पाइसकेका हुने थिए। मंगलबार १२ गते वडा अधिवेशनको कार्यतालिका थियो। यो अधिवेशन केही दिन अगाडिमात्र अन्तमि समयमा आएर स्थगित गरियो। अर्को मिति तोकिएको छैन।
१६ साउनमा स्थानीय तह अधिवेशनको मिति बुधबार रातिसम्म कायमै छ। देशभरका ७५१ स्थानीय तहमा हुने यो अविधेशन पनि स्थगित हुने पक्का छ। काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले विहीबार बस्ने पदाधिकारी बैठकले १६ गतेको स्थानीय तह अधिवेशनबारे निर्णय गर्ने जानकारी दिएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (dcnepal.com)