सार्वजनिक ऋणको शासन
ekantipur.com · Fri Jul 01 00:46:53 GMT 2022
काठमाडौँ — सार्वजनिक ऋण पछिल्लो पाँच वर्षमा दोब्बर र ९ वर्षमा झन्डै ४ गुणा बढेको छ । दशकको सुरुवातमा साढे ५ खर्ब रुपैयाँ बराबरको सार्वजनिक ऋण थियो, मध्यतिर यो ९ खर्ब पुग्यो भने अहिले १८ खर्ब ५५ अर्ब कटेको छ । आगामी आर्थिक वर्षका लागि थप ४ खर्ब ९८ अर्ब ऋण उठाउने सरकारी योजना छ ।
निर्वाचनको वर्ष २०७४ मा सार्वजनिक ऋण ९ खर्ब १७ अर्ब र अर्को वर्ष १० खर्ब ४८ बराबर रहेकामा तेस्रो वर्ष एकैपटक ४ खर्बले बढेर १४ खर्ब ३३ अर्ब पुगेको थियो । चौथो वर्षमा १७ खर्ब ३७ अर्ब पुगेको ऋण चालु आर्थिक वर्षको ९ महिनासम्म आइपुग्दा साढे १८ खर्ब नाघेको छ, असार मसान्तसम्म यो ऋण अझै बढ्नेछ । सरकारले तिर्न बाँकी ऋणमध्ये ८ खर्ब ७९ अर्ब आन्तरिक र ९ खर्ब ७६ अर्ब वैदेशिक ऋण हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)