सेयर बजारमा ब्रोकरको कमाइ ६ अर्ब ८९ करोड, नासा सबैभन्दा अगाडि
bishowkhabar.com · Wed Aug 19 11:55:37 GMT 2026

काठमडौं– सेयर बजारमा कारोबार गराएबापत ब्रोकर कम्पनीहरूले एकै वर्षमा झन्डै ७ अर्ब रुपैयाँ कमिसन आम्दानी गरेका छन् । नेपाल स्टक एक्सचेन्जको तथ्यांकअनुसार आर्थिक वर्ष २०८२/८३ मा ९४ वटा ब्रोकर कम्पनीले कुल ६ अर्ब ८९ करोड १९ लाख १६ हजार रुपैयाँ कमिसन आम्दानी गरेका हुन् ।
उक्त आर्थिक वर्षमा ब्रोकर कम्पनीमार्फत १६ खर्ब १ अर्ब ८७ करोड ९२ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो । कुल कारोबार रकमको तुलनामा ब्रोकरहरूले प्राप्त गरेको कमिसन करिब ०.४३ प्रतिशत हो ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)