विजयादशमी आज, उत्तम साइत बिहान १० : २६ बजे
annapurnapost.com · Wed Oct 21 01:14:31 GMT 2026

काठमाडौं : बडा दशैं अन्तर्गत आज विजयादशमीको दिन मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाइँदै छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले टीका प्रसाद ग्रहण गर्न साइत खोज्नेका लागि आज बिहान १०:२६ बजेको साइत उत्तम रहेको जनाएको छ।
दशैं घर वा पूजा कोठामा नौ दिनसम्म पूजा आराधना गरिएको देवीको प्रसाद आज मान्यजनबाट लगाइन्छ। विजयादशमी आफैंमा शुभ दिन भएकाले आज टीका लगाउन सामान्य मानिसले साइत खोज्नु नपर्ने समितिका अध्यक्ष प्रा. पुरुषोत्तम भट्टराईले बताए।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)