मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

आज विजया दशमी, टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा

arthasansar.com · Wed Oct 21 01:18:49 GMT 2026

बडा दशैंको मुख्य दिन आज मान्यजनको हातबाट देवीको प्रसादको रुपमा टीका र जमरा लगाइँदै छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले टीका लगाउने उत्तम साइत १० बजेर २६ मिनेटमा रहेको जनाएको छ ।

शुभ साइतमा टीका लगाउँदा प्रभु, मन्त्र र उत्साहशक्ति प्राप्त हुने शास्त्रीय वचन रहेकोले साइत दिइएको र साइतमै टीका लगाउँदा देवीको शक्ति प्राप्त हुन्छ भन्ने विश्वास रहि आएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । घटस्थापनाका दिन दशैं घर वा पूजा कोठामा स्थापना गरिएको घडाबाट वैदिक विधिपूर्वक अभिषेक गरी विजयादशमीको टीका लगाइन्छ । टीका लगाइ माग्ने पश्चिम र लगाइदिने पूर्व फर्कनुपर्ने समितिले जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)