आज विजयादशमी : दशैंको टीका कता फर्केर लगाउने ?
annapurnapost.com · Wed Oct 21 01:31:09 GMT 2026

काठमाडौं : बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन। नवदुर्गाको प्रसादका रूपमा आज मान्यजनको हातबाट शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाइँदै छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले टीका प्रसाद ग्रहण गर्न साइत खोज्नेका लागि आज बिहान १०:२६ बजेको साइत उत्तम रहेको जनाएको छ।
घटस्थापना गरी जमरा राखेको स्थानमा आह्वान गरिएका देवीलाई विसर्जनको साइत आज बिहान ८:४९ बजे रहेको छ। विजयादशमी आफैंमा शुभ दिन भएकाले देवीलाई विसर्जनपश्चात आज टीका लगाउन साइत खोज्नु नपर्ने संस्कृतिविद् बताउँछन्।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)