मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

देउवाको स्पष्ट सन्देश– देशलाई चुनाव, कांग्रेसलाई पूर्णबहादुर

barnanmedia.com · Tue Oct 14 21:37:54 GMT 2025

नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा झन्डै एक महिनापछि सार्वजनिक भए। जेनजी आन्दोलनको क्रममा भदौ २४ गते प्रदर्शनकारीको आक्रमणमा परेपछि उनी गुप्तवासमा थिए। ३६ औँ दिनमा सपत्नी सार्वजनिक भएका देउवाले कांग्रेसको केन्द्रीय समिति बैठकमा लिखित मन्तव्यमार्फत भावुक तर संयमित शैलीमा तीनवटा महत्त्वपूर्ण सन्देश दिएका छन्— कांग्रेसको नेतृत्व हस्तान्तरण, मुलुकको राजनीतिक निकासका लागि चुनावको बाटो र एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति असहमति जनाउँदै कांग्रेसको अलग बाटो।

देउवाले औपचारिक रूपमा आफ्नो कार्यकारी भूमिकाबाट अलग हुने घोषणा गर्दै पार्टीको कार्यवाहक नेतृत्व उपसभापति पूर्णबहादुर खड्कालाई सुम्पिएका छन्। स्वास्थ्यका कारण आफू पार्टी सञ्चालनमा असमर्थ रहेको स्पष्ट गर्दै उनले आउँदो महाधिवेशनसम्मका लागि नेतृत्व खड्कालाई सुम्पनु केवल कार्यविभाजन मात्र होइन, नेतृत्व हस्तान्तरणको ऐतिहासिक सन्देश पनि हो।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)