आर्थिक मुद्दा पक्रेर सत्ताको बोलकबोल
abhiyandaily.com
स्वाभाविक छ, संसद्को सबभन्दा ठूलो दल माओवादी जतिसक्दो छिटो सत्तामा पुग्न आतुर छ । तर त्यसका लागि उसले अपनाएको तिकडमहरूचाहिँ अत्यन्तै अपरिपक्व छन् । यदि उसले नजानिकनै मुलुकको स्वाधीनता र सार्वभौमिकतासँग समेत सरोकार राख्ने यस्ता विषयहरूलाई खेलाँचीपूर्ण ढंगले उठाएको हो भने त्यसलाई सुधार्नुको विकल्प छैन । यदि उसले जानीजानी नै नेपाली जनता, तिनले चुनेर एउटा पद्धतिअनुसार सत्तासीन गराएको सरकार, यहाँको व्यवसाय सबै नै भारतीय इसारामा मात्र चल्न सक्छन् भन्ने प्रचार गराउन खोजेको हो भने त्यो चाहिँ भारतीय पक्षपोषक शक्तिले मात्र गर्न सक्ने कुरा हो भन्ने आमनेपालीले बुझ्नुपर्ने हुन्छ ।
माओवादीले केही भारतीय लगानीका आयोजनाहरूमा खिचलो गरेर भारतको ध्यान आकर्षित गर्ने र त्यही बहानामा ‘अवरोध हटाउने’ कुरा गरेर भारतलाई रिझाउने रणनीतिले मात्रै उसले मानेको ‘प्रभु’ खुसी हुने अवस्था छैन । त्यो कुराका गाँठी नेकपा एकीकृत माओवादी र भारतीय कम्युनिष्ट पार्टी (माओवादी) को सम्बन्धमा अड्किएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (abhiyandaily.com)