पर्सा मिलन केन्द्र, काठमाडौंको साधारणसभा सम्पन्न
abhiyandaily.com
काठमाडौं । पर्सा मिलन केन्द्र, काठमाडौंको १८औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । काठमाडौंमा आई बसोवास गर्दै आएका पर्सा जिल्लावासीमा मेलमिलाप, सद्भाव र सहयोग कायम राख्ने उद्देश्यले स्थापित उक्त संस्थाको साधारणसभा भदौ १६ गते सम्पन्न भएको हो ।
खानेपानीमन्त्री उमाकान्त चौधरीको प्रमुख आतिथ्यमा भएको सभामा केन्द्रका आजीवन सदस्य सल्लाहकार, विशेष आमन्त्रित सदस्य तथा शुभेच्छुक पर्सावासीहरूको उत्साहजनक सहभागिता रहेको केन्द्रले बताएको छ । साधारणसभाबाट ई. उमेशकुमार गुप्ता (रौनियार)को अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति गठन गरिएको छ । संस्थाका पदाधिकारीहरूमा निवर्तमान अध्यक्ष महेशबहादुर श्रेष्ठ, प्रथम उपाध्यक्ष अमु सिंह सिजापति, उपाध्यक्ष अताउल्लाह अन्सारी, महासचिव ललनप्रसाद साह, कोषाध्यक्ष प्रदीपकमार कुशवाहा, सचिव किरणकुमारी गुप्ता, प्रचार सचिव राजवली कुशवाहा र सहायक सचिव सविताराज कर्णिकार रहेका छन् । यसैगरी सदस्यहरूमा ममता भुजेल, अजयकुमार गुप्ता, शशीभूषण चतुर्वेदी, बृजकिशोरप्रसाद स्वर्णकार, डा. विशेश्वरप्रसाद यादव, अजयकुमार साह, सिकेन्द्र चौधरी र औरन्जेब अहमद रहेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (abhiyandaily.com)