सन् २०११ मा आजकै दिन : यमनमा लोकतन्त्र पक्षधरको आन्दोलन
ekantipur.com · Sat Jan 27 00:55:58 GMT 2024
काठमाडौँ — सन् २०११ मा आजकै दिन (जनवरी २७) मा लोकतन्त्रको पक्षमा बृहत् प्रदर्शन सुरु भएको थियो । लोकतन्त्र पक्षधरहरूले यमनी राष्ट्रपति अली अब्दुल्लाह सालेहविरुद्ध राजधानी सानालगायतका प्रमुख सहरमा प्रदर्शन सुरु गरेका थिए ।
ट्युनिसियामा ‘जस्मिन क्रान्ति’ चर्किएपछि राष्ट्रपति जिने अल–अबिदिने बेन अलि भागेर साउदी अरब पुगेपछि इजिप्ट, लिबिया, सिरिया, बहराइनलगायतका राष्ट्रमा आन्दोलन फैलिएको थियो । यमनसम्म उक्त आन्दोलनको लहरले राष्ट्रपति सालेहको तीन दशक लामो शासन अन्त्य गरेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)