मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

लिड्समाथिको कठिन जितले चेल्सीलाई राहत, वुल्भ्ससँग टोटेनहम पराजित

pahilopost.com · Sun Mar 05 01:21:09 GMT 2023

इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति सम्पन्न खेलमा लिड्स युनाइटेडमाथि कठिन जित निकालेसँग चेल्सीलाई राहत मिलेको छ। घरेलु मैदान स्टामफोर्ड ब्रिजमा सम्पन्न खेलमा चेल्सीले लिड्समाथि १-० गोलको जित निकालेको थियो।

पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलमा चेल्सीलाई जित दिलाउन ५३ औं मिनेटमा वेस्ले फोफनाले निर्णायक गोल गरे। हारको शृङखला पछि जित निकाल्दा प्रशिक्षक ग्राहम पोटरलाई पनि राहत मिलेको छ। पछिल्लो १५ खेलमध्ये चेल्सीले २ वटा खेलमा मात्र जित निकालेको थियो।

स्रोतमा पूरा पढ्नुहोस् (pahilopost.com)