मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

विजयादशमीले सांस्कृतिक सम्बन्ध पुस्तान्तरणमा सहयोग पुर्‍याउँछ : मुख्यमन्त्री कार्की

kendrabindu.com · Wed Oct 21 02:46:52 GMT 2026

काठमाडौं। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विजयादशमी पर्वले पारिवारिक आत्मीयता र आपसी सम्मान अभिवृद्धि गर्दै सांस्कृतिक सम्बन्धलाई पुस्तान्तरण गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन् ।

विजयादशमीका अवसरमा सम्पूर्ण नेपालीलाई सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र दीर्घायुको शुभकामना व्यक्त गर्दै मुख्यमन्त्री कार्कीले असत्यमाथि सत्यको विजयका रूपमा मनाइने यस पर्वले सबैलाई सत्यको मार्गमा अघि बढ्न प्रेरणा प्रदान गर्ने बताएका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)