लुम्बिनी कप महिला फुटबल प्रतियोगितामा आठ टोली
ratopati.com · Wed Apr 09 17:11:00 GMT 2025
नेपालगञ्ज । नेपालगञ्जमा हुन लागेको लुम्बिनी कप अन्तरराष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगितामा नेपालका तीन विभागीय टोली, भारतको सिलगुडी फुटबल क्लबसहित आठ टोलीको सहभागिता रहने भएको छ । नेपालगञ्ज रङ्गशालामा आगामी वैशाख ५ देखि १२ गतेसम्म हुने प्रतियोगितामा आयोजक अन्तरालले आज पत्रकार भेटघाट गर्दै सहभागी टोलीको घोषणा गरेको हो ।
प्रतियोगितामा आयोजक बाँके–११, सशस्त्र प्रहरी बलको एपिएफ, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, कर्णाली एफसी, सुदूरपश्चिम एफसी, सिलगुडी फुटबल क्लब, रौतहट जिल्ला फुटबल सङ्घले प्रतिस्पर्धा गर्ने अन्तरालका प्रमुख कार्यकारी जयनारायण शाहले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)