प्रभावकारी भएन ५ प्रतिशत ब्याजदरको कर्जा
ekantipur.com · Tue May 18 00:59:25 GMT 2021
काठमाडौँ — कार्यविधि जारी भएको ६ महिना अवधिमा व्यवसायीले करिब ४२ अर्ब रुपैयाँ मात्र पाँच प्रतिशत ब्याजदरको व्यावसायिक निरन्तरता कर्जा लिएका छन् ।
कोभिड–१९ बाट प्रभावित उद्योगी व्यवसायीको व्यवसाय निरन्तरतामा सघाउने उद्देश्यले सरकारले उक्त कार्यक्रम ल्याएको हो । तर व्यवसायीको रुचि नहुँदा कार्यक्रम प्रभावकारी हुन सकेको छैन । बजेट कार्यान्वयनमा आएको १० महिना र कार्यविधि जारी भएको ६ महिनासम्म पनि यो शीर्षकमा निकै कम मात्र कर्जा प्रवाह भएकाले यसको प्रभावकारितामै प्रश्न उठेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)