मुख्य सामग्रीमा जानुहोस्

समाचार

Diaspora

बागलुङ उवासंघको अध्यक्षमा चार जनाको उम्मेदवारी

abhiyandaily.com

बागलुङ (अस) । बागलुङ उद्योग वाणिज्य संघको अध्यक्षका लागि चार जनाले उम्मेदवारी दर्ता गराएका छन् । आगामी ४ असारमा हुन लागेको संघको १८औं महाधिवेशनमा अध्यक्ष पदका लागि चार जनाले उम्मेदवारी दिएका हुन् ।

संघका अनुसार वर्तमान महासचिव नरेश कँडेल, प्रथम उपाध्यक्ष राजनकुमार शाक्य, वर्तमान कार्यसमिति सदस्य शशिकपुर श्रेष्ठ र नेपाल उद्योग वाणिज्य महासंघका पूर्वकेन्द्रीय सदस्य निर्माणकुमार श्रेष्ठले आइतवार उम्मेदवारी दर्ता गराएका हुन् । अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका सबै व्यवसायी नेपाली कांग्रेस निकट हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (abhiyandaily.com)