बहुप्रतिक्षित ‘कबड्डी ५ः आफ्टर द फाइनल म्याच’को अग्रिम टिकट बुकिङ खुला
nepalpress.com · Wed Oct 21 04:18:56 GMT 2026

काठमाडौँ । यस वर्षको बहुप्रतिक्षित सिनेमा ‘कबड्डी ५ः आफ्टर द फाइनल म्याच’को अग्रिम टिकट बुकिङ खुला गरिएको छ । यो सिनेमाले देशभरका मल्टीप्लेक्सदेखि सिंगल स्क्रिासम्म उच्च शो पाउने देखिएको हो । हालसम्म सिनेमाले देशको ठुलो मल्टीप्लेक्स चेन क्युएफएक्सले काठमाडौँ उपत्यकामा २६ शो र मोफसलमा २० शो निकालेको छ ।
यो सिनेमाको गीत ‘थाक खोला’ र अन्य प्रचार सामाग्री पोस्टर, टिजर र ट्रेलरले दर्शकमाझ उच्च हाइप निर्माण गरेका थिए । जसको प्रभाव अग्रिम टिकट बुकिङका लागि खुलेका शोबाट पनि बुझ्न सकिन्छ । सुरुवाती चरणमा हालसम्म देशभर करिब १ सय बढि शो पाइसकेको छ । अझै धेरै हलमा शो खुल्नै बाँकी रहेकाले शुक्रबार बिहानसम्म २ सय बढि शोसहित प्रदर्शनमा आउने विश्वास वितरकको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)