मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सांस्कृतिक मान्यताको संरक्षण गर्नु सबैको दायित्वः मुख्यमन्त्री आचार्य

gorkhapatraonline.com · Wed Oct 21 04:22:24 GMT 2026

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले विजयादशमीले असत्यमाथि सत्य र अन्यायमाथि न्यायको विजयको सन्देश दिँदै नेपाली समाजमा आपसी सद्भाव, भाइचारा र राष्ट्रिय एकता बलियो बनाउने बताउनुभएको छ ।

बडादशैं–२०८३ को अवसरमा शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री आचार्यले विजयादशमी धार्मिक तथा सांस्कृतिक आस्थासँगै सत्य, न्याय, साहस र सकारात्मक परिवर्तनको प्रेरणा दिने महत्वपूर्ण पर्व भएको उल्लेख गर्नुभएको हो । उहाँले यस पर्वले परिवार तथा आफन्तबिचको सम्बन्ध प्रगाढ बनाउनुका साथै सामाजिक एकता, मेलमिलाप र सहकार्यको भावना विकास गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)