अमेरिकी निशानामा किन परे भेनेजुएलाका राष्ट्रपति मादुरो ?
barnanmedia.com · Sat Jan 03 21:15:00 GMT 2026

ल्याटिन अमेरिकाको राजनीतिमा अमेरिकाविरोधी धार सधैं कमजोर र क्षणिक मात्र रहँदैन । कहिलेकाहीँ यही धारले एउटा देशको सत्ता, नीति र पहिचान नै निर्धारण गर्छ । भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो यस्तै राजनीतिक धारबाट उदाएका नेता हुन्, जसको सम्पूर्ण राजनीतिक जीवन अमेरिकी प्रभुत्व, हस्तक्षेप र दबाबको प्रतिरोधसँग गाँसिएको छ ।
निकोलस मादुरो मोरोसको जन्म सन् १९६२ नोभेम्बर २३ मा काराकासमा भएको थियो । मध्यम वर्गीय परिवारमा हुर्किएका उनी औपचारिक उच्च शिक्षाभन्दा बढी श्रमिक जीवन र आन्दोलनबाट परिपक्व भए । काराकास मेट्रोमा चालकका रूपमा काम गर्दा उनी ट्रेड युनियन आन्दोलनमा सक्रिय भए । यही श्रमिक पृष्ठभूमिले उनलाई सामाजिक असमानता, विदेशी प्रभुत्व र राज्यको भूमिकाबारे गहिरो राजनीतिक चेत दिएको देखिन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)