पहाड र तराई–मधेशमा दसैँको टीका परम्परा फरक, आशीर्वादको अर्थ उस्तैः संस्कृतीविद् राकेश
nepalpress.com · Wed Oct 21 04:30:08 GMT 2026

काठमाडौँ । विजयादशमीमा पहाडमा जस्तो निधारमा रातो टीका र जमरा लगाउने चलन तराई–मधेशमा व्यापक छैन । तर परिवारका अग्रजले आफूभन्दा कान्छालाई आशीर्वाद दिने र विजयको उत्सव मनाउने परम्परा भने दुवै क्षेत्रमा समान रहेको संस्कृतिविद् रामदयाल राकेश बताउँछन् ।
राकेशका अनुसार तराई–मधेशमा पनि विजयादशमीका दिन परिवारका ज्येष्ठ सदस्यले कनिष्ठलाई टीका लगाइदिने र आशीर्वाद दिने चलन छ । तर पहाडी क्षेत्रमा देखिने रातो टीका, अक्षता र जमराको संयोजन त्यहाँ उस्तै रूपमा प्रचलित छैन । दसैँ मनाउने विधिमा भिन्नता भए पनि यसको मूल भावना भने आशीर्वाद, विजय र पारिवारिक सम्बन्धसँग जोडिएको उनको भनाइ छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)