मुख्य सामग्रीमा जानुहोस्

समाचार

Local

हिउँ छोएर आएको वायुले ल्यायो सिरेटो

ekantipur.com · Fri Jan 28 00:52:46 GMT 2022

काठमाडौँ — माघ महिनामा चिसो हुनु नौलो होइन । तर यो वर्ष लगातार घाम नलाग्ने र चिसो स्याँठ बढेपछि सर्वसाधारणले अघिल्ला वर्षभन्दा झन् चिसो भएको महसुस गरिरहेका छन् । यो क्रम दिनहुँ बढिरहेको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् शान्ति कँडेल आफूले पनि यसपालि चिसो बढ्ता अनुभव गरेको सुनाउँछिन् । ‘चिसोमा सिरेटो थपिएपछि आज म बाहिर बस्नै सकिनँ,’ उनले बिहीबार कान्तिपुरसँग सुनाइन्, ‘धेरै समय भित्रै बस्नुपर्‍यो, सायद अरूले पनि यस्तै अनुभव गर्नु भो होला ।’ उनका अनुसार यो वर्ष सर्वसाधारणले चिसो बढी अनुभव गर्नुका पछि दुई वटा कारण छन् । एक, यसपालि पश्चिम वायुको प्रभाव (वेस्ट्रन्ली डिस्टर्बेन्स) लगातार आएको आयै छ, गत वर्षहरूमा यस्तो प्रभाव आक्कलझुक्कल मात्र आउँथ्यो । ‘पश्चिम वायुको लगातारको आगमनले छिनछिनमा बदली गरायो,’ मौसमविद् कँडेलले भनिन्, ‘जसले गर्दा लामो समयसम्म घाम लाग्न पाएन, घाम नलागेपछि चिसो हुनु स्वाभाविकै भयो ।’

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)