साइतअनुसार दशैँको टीका र जमरा लगाउनेक्रम शुरु
arthasansar.com · Wed Oct 21 04:54:50 GMT 2026

आज बडादशैँ अर्थात् दुर्गापक्षको मुख्य दिन, मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा टीका र जमरा लगाएर विजयादशमी मनाइँदै छ । साइतअनुसार मान्यजनको हातबाट रातो टीका र जमरा लगाउने क्रम शुरु भएको छ । आज गुरु पुरोहित, हजुरबा, हजुरआमा, बा, आमा, मान्यजन तथा ठूलाबडाको हातबाट टीका, जमरा र आशीर्वाद लिइन्छ । पश्चिम मोहडा गरेर टीका लगाउनुपर्ने अर्थात् टीका लगाइमाग्ने मानिस पश्चिम फर्केर टीका थाप्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । रातो टीकालाई शुभ साइतको प्रतीक र जमरालाई समृद्धिको प्रतीक मानिन्छ ।
साइत खोज्नेहरुलाई समितिले १० बजेर २६ मिनेटमा उत्तम रहेको जनाएको हो । तर आज दिनभर अनि कोजाग्रत पूर्णीमासम्म नै टीका लगाउन सकिने धर्मशास्त्रविद् सूर्यप्रसाद ढुंगेलले बताउनुभएको छ । दशैँ घर वा पूजा कोठामा नवरात्रका नौ दिनसम्म पूजा आराधना गरिएको प्रसाद आज मान्यजनबाट लगाइन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)