लन्डनको ऐतिहासिक रेस्टुरेन्ट भवन संरक्षण संस्थालाई दान
reportersnepal.com · Wed Oct 21 04:52:32 GMT 2026

लन्डनको सबैभन्दा पुरानो रेस्टुरेन्ट सञ्चालन भइरहेको ऐतिहासिक भवन युरोपकै ठूलो संरक्षण परोपकारी संस्था नेसनल ट्रस्टलाई दान गरिएको छ । यस कदमले दुई शताब्दीभन्दा लामो इतिहास बोकेको रेस्टुरेन्ट तथा त्यसको मौलिक संरचना र वातावरणलाई भावी पुस्ताका लागि सुरक्षित राख्ने अपेक्षा गरिएको छ ।
फ्रान्सेली क्रान्तिपछि युरोपमा उथलपुथल चलिरहेका बेला थोमस रूलले सन् १७९८ मा ‘रूल्स’ नामक रेस्टुरेन्टलाई ओइस्टर बारका रूपमा स्थापना गरेका थिए । त्यसयता यसले ब्रिटिस साम्राज्यको समय, दोस्रो विश्वयुद्धका बेला भएको बमबारी र भवन भत्काएर सडक विस्तार गर्ने योजनासमेत पार गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)