आज विजयादशमी : रातो टीका र जमरा लगाउनेक्रम जारी
annapurnapost.com · Wed Oct 21 04:54:44 GMT 2026

काठमाडौं : बडा दशैं अन्तर्गत आज विजयादशमीको दिन मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाउने क्रम जारी रहेको छ। घटस्थापना गरी जमरा राखेको स्थानमा आह्वान गरिएका देवीलाई आज बिहान ८:४९ बजे विसर्जन गरेपछि शुभसाइतमा टीका सुरु भएको हो।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले टीका प्रसाद ग्रहण गर्न साइत खोज्नेका लागि आज बिहान १०:२६ बजेको साइत उत्तम रहेको जानकारी गराएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)