आईपीएलमा राजस्थानको पहिलो जित, चेन्नईको दोस्रो हार
onlinekhabar.com · Sun Mar 30 18:06:40 GMT 2025
१७ चैत, काठमाडौं । राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा पहिलो जित निकालेको छ । आइतबार भएको रोमाञ्चक खेलमा चेन्नई सुपर किङ्सलाई ६ रनले हराउँदै राजस्थानले पहिलो जित हात पारेको हो ।
राजस्थानले दिएको १८३ रनको लक्ष्य पछ्याएको चेन्नईले २० ओभरमा ६ विकेट गुमाएर १७६ रन मात्र बनायो । अन्तिम ओभरमा २० रन आवश्यक रहँदा बलिङमा आएका सन्दीप शर्माले वाइड बल फालेपछिको बलमा एमएस धोनीलाई आउट गरेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)