मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

दसैँको उपहार : भूमिहीनलाई जग्गाधनी प्रमाणपुर्जा

reportersnepal.com · Wed Oct 21 05:05:32 GMT 2026

चितवन । दसैँको मुखमा चितवनको इच्छाकामना गाउँपालिका–७ का भूमिहीनले आफ्नै नाममा जग्गाधनी प्रमाणपुर्जा पाएपछि उनीहरूको खुसीको सीमा रहेन । वर्षौंदेखि आफू बसोबास गर्दै आएको जमिनबाट कतै हट्नुपर्ने हो कि भन्ने चिन्ता बोकेर जीवन बिताएका उनीहरूका लागि यसपटकको दसैँ खुसीसँगै सुरक्षित भविष्यको आशा लिएर आएको छ।

रातो खोलभित्र राखिएको प्रमाणपुर्जामा आफ्नो नाम र तस्बिर देख्दा उनीहरूका लागि त्यो कागज मात्रै थिएन । वर्षौंदेखि बसोबास गर्दै आएको जमिनमा आफ्नो अधिकार स्थापित भएको अनुभूति थियो । कतिबेला आफू बसेको ठाउँबाट हट्नुपर्ने हो भन्ने चिन्ता बोकेर जीवन बिताएका उनीहरूका लागि यसपटकको दसैँमा खुसीसँगै सुरक्षाको अनुभूति पनि थपिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)