बार्सिलोनालाई बराबरीको धक्का
ekantipur.com · Wed May 12 01:11:37 GMT 2021
म्याड्रिड — बार्सिलोनाले दुई गोलको अग्रता गुमाएर स्पेनी ला लिगामा मंगलबार लेभान्टेसँग ३–३ को बराबरी खेलेको छ । यससँगै उसको लिग उपाधिमा चुनौती कमजोर भएको छ ।
बार्सिलोनाका लागि लियोनल मेसी र पेड्रीले गोल गरेयता लेभान्टेका तर्फबाट गोन्जालो मेलेरो र जोसे लुइस मारालेसले गोल फर्काए । ओसमन डेम्बेलाको गोलमा बार्सिलोनाले फेरि अग्रता लिए पनि सर्जियो लियोनले बराबरी गोल गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)