मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

प्रशिक्षणका लागि टेनिस टोली भारत जाने

ratopati.com · Wed Aug 19 16:02:56 GMT 2026

काठमाडौँ । आगामी असोजमा जापानमा हुने २०औँ एसियाली खेलकुदको वैदेशिक प्रशिक्षणका लागि तीन खेलाडीसहित चार सदस्यीय नेपाली टेनिस टोली बिहीबार भारतको बैङ्गलुरु जाने भएको छ ।

उक्त टोलीमा खेलाडीतर्फ प्रदीप खड्का, निसान श्रेष्ठ र स्वस्तिका विष्ट तथा प्रशिक्षकमा रेणुदेवी कोण्डा रहेकी छिन् । टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का उपाध्यक्ष विशाल श्रेष्ठ, राखेपका सदस्य–सचिव रामचरित्र मेहता, राखेप कार्यकारी समितिकी सदस्य सिक्का सुवाल श्रेष्ठ, नेपाल टेनिस सङ्घका अध्यक्ष मनोहरदास मुललगायतले आज एक कार्यक्रमबीच बिदाइ गरे।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)