केएल राहुल र अभिषेक पोरेलको अर्धशतकमा दिल्लीको छैटौं जित
onlinekhabar.com · Tue Apr 22 17:29:43 GMT 2025
९ वैशाख, काठमाडौं । केएल राहुल र अभिषेक पोरेलले अर्धशतक बनाएपछि दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा छैटौं जित निकालेको छ । मंगलबार दिल्लीले लखनउ सुपर जायन्ट्सलाई ८ विकेटले हराएको हो ।
लखनउले दिएको १६० रनको लक्ष्य दिल्लीले १७.५ ओभरमा २ विकेटको क्षतिमा पूरा गर्यो । केएल राहुलले अविजित ५७ रन तथा अभिषेक पोरेलले ५१ रन बनाए । कप्तान अक्षर पटेल ३४ रनमा अविजित रहे । लखनउका लागि दुवै विकेट एइडेन मार्क्रमले लिए ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)