मुख्य सामग्रीमा जानुहोस्

समाचार

Local

कर्णाली पुलको क्षतिबारे अध्ययन गर्दै प्राविधिक टोली : आवागमन खुल्न अझै तीन दिन लाग्ने

nayapatrikadaily.com · Thu Mar 14 00:25:00 GMT 2024

सडक विभागअन्तर्गत पुल महाशाखाको प्राविधिक टोलीले कैलालीको चिसापानीस्थित कर्णाली पुलमा आगलागीबाट भएको क्षतिबारे अध्ययन गरिरहेको छ । क्षतिग्रस्त भएका वस्तुको नमुना लिएर टोलीले ल्याबमा परीक्षण गर्दै छ । पुलबाट आवागमन नियमित अझै कम्तीमा तीन दिन लाग्ने टोलीले जनाएको छ ।

पुलको सतह र लठ्ठाको तारमा भएको क्षति तथा सवारीसाधन सञ्चालनका लागि गर्नुपर्ने मर्मतसम्भारबारे अध्ययन भइरहेको पुल महाशाखाका सिनियर डिभिजनल इन्जिनियर कृष्णराज अधिकारीले जानकारी दिए । आगलागीबाट पुलको दुवैतर्फका सात–सातवटा लठ्ठाको तार तथा पुलको सतहमा क्षति पुगेको उनले बताए ।

स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)