मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

फिफा कतार विश्वकप : पहिलो चरणमै बिक्री भयो १८ लाख टिकट

nepallive.com · Thu Jun 30 01:03:00 GMT 2022

काठमाडौं– नोभेम्बरदेखि कतारमा हुने विश्वकपका लागि विश्व फुटबलको सर्वोच्च निकाय फिफाले १८ लाख टिकट बिक्री गरेको छ। फिफाले पहिलो चरणमा हालसम्म १८ लाख टिकट बिक्री भएको जानकारी दिएको छ।

नोभेम्बर २१ देखि सुरु हुने २८ दिने प्रतियोगिताका लागि फिफाले ३० लाख टिकट बिक्री हुने अपेक्षा गरेको छ। फिफाले दोस्रो चरणमा जुलाई पाँचदेखि टिकट बिक्री गर्ने जनाएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)