सडक निर्माणले मालिकाधुरी जाने यात्रा अवधि छोटियो
deshsanchar.com · Wed Apr 09 17:15:02 GMT 2025

बेनी (म्याग्दी) –जिल्लाको प्रसिद्ध धार्मिक पर्यटकीयस्थल मालिकाधुरी जाने यात्राअवधि छोटिएको छ। मालिका गाउँपालिका र रघुगङ्गा गाउँपालिकाको सीमा क्षेत्रमा पर्ने मालिकाधुरीमा पुग्न रघुगङ्गा गाउँपालिका–६ ठाडाखानीबाट सडक निर्माण गरिएपछि यात्रा छोटिएको हो।
ठाडाखानीबाट सरघारी हुँदै जोगीदेउराली डाँडासम्म सडक निर्माण भएको रघुगङ्गा–६ का वडासदस्य टेकजित छन्त्यालले जानकारी दिए। “पहिले ठाडाखानीबाट तीन घण्टा पैदलयात्रा गर्नुपथ्र्यो, अहिले सडक मार्ग बनेपछि यात्राअवधि छोटिएर एक घण्टामा पुग्न सकिने भएको छ”, उनले भने।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)