विजयादशमीको टीका दिनभ लाउन मिल्ने
nepalnews.com · Wed Oct 21 06:12:36 GMT 2026

काठमाडौं। बडादसैँको मुख्य दिन आज विजया दशमीका अवसरमा मान्यजनको हातबाट टीका र जमरा लगाउने क्रम सुरु भएको छ। नेपाल पञ्चांग निर्णायक विकास समितिले बिहान १०:२६ बजेको समयलाई टीका लगाउने उत्तम साइतका रूपमा सार्वजनिक गरेको थियो।
समितिका अनुसार विजया दशमी आफैँमा शुभ दिन भएकाले टीका ग्रहण गर्न दिनभर नै साइत जुर्नेछ। साइत खोज्नेहरूका लागि मात्र बिहानको समय तोकिएको हो। बिहान ८:४९ बजे दुर्गा विसर्जन गरेपछि सर्वसाधारणले टीका लगाउन थालेका छन्। घटस्थापनाका दिन राखिएको पूर्ण कलशको जलले अभिषेक गरेपछि मान्यजनबाट टीका र जमरा ग्रहण गर्ने परम्परा छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)