कांग्रेसबाट निर्वाचित ब्रह्मपुरी गाउँपालिका अध्यक्ष साहको निधन
annapurnapost.com · Wed Oct 21 06:12:17 GMT 2026

मलङ्गवा : सर्लाहीको ब्रह्मपुरी गाउँपालिका अध्यक्ष राम पदार्थ साहको निधन भएको छ । ८५ वर्षको उमेरमा उपचारको क्रममा साहको काठमाडौमा निधन भएको हो ।
केही दिनदेखि समान्य रुघाखोकी र ज्वरोले बिरामी परेका साह काठमाडौंमा उपचाररत थिए । मंगलबार अस्पतालबाट डिस्चार्ज भएका साह घर आउने तयारीमा थिए । कोठा बस्दै आएका साहको बुधबार बिहान निधन भएको परिवारजनले बताएका छन् । उनको पार्थिव शरीर पैतृक गाउँ ल्याएर बुधबार नै अन्तिम संस्कार गरिने भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)