मधेश प्रदेशसभा बैठक बस्दै, विषयगत मन्त्रालयको शीर्षकमा छलफल हुने
nepalpress.com · Wed Jul 01 03:59:48 GMT 2026

जनकपुरधाम । मधेश प्रदेशसभामा आजदेखि प्रदेश विनियोजन विधेयकअन्तर्गत आगामी आर्थिक वर्ष २०८३–८४ का लागि विनियोजन भएको विषयगत मन्त्रालयका शीर्षकमाथि छलफल हुने भएको छ ।
विनियोजन विधेयकमाथि छलफलका लागि आज दिउँसो १ बजेका लागि प्रदेशसभाको अधिवेशन आह्वान भएको प्रदेशसभा सचिवालयका सचिव वासुप्रसाद कोइरालाले जानकारी दिए । प्रदेशसभामा आजैदेखि सरकारको विनियोजन विधेयकमाथि छलफल प्रारम्भ गर्ने सम्भावित कार्यसूची रहेकोे उनले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)
मधेस प्रदेश