मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

हिमालमुनि भेडा व्यापार

ekantipur.com · Sun Aug 21 00:55:26 GMT 2022

म्याग्दी — हिमालफेदीका खयरखोला र नौलो वनका भेडीगोठले एकै दिन ६० लाख रुपैयाँभन्दा बढीका भेडाबाख्रा बिक्री गरेका छन् । अन्नपूर्ण गाउँपालिका–५ मा पर्ने खयरबराही शक्तिपीठमा ऋषितर्पणी अर्थात् जनैपूर्णिमामा बलि चढाउनेलाई २ सय ५० भन्दा बढी भेडाबाख्राका बोका बिक्री गरेका हुन् । यहाँ एउटा भेडालाई न्यूनतम १६ हजारदेखि ३९ हजार रुपैयाँसम्ममा बिक्री भएको थियो ।

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ खयरखोला र नौलो वनका भेडा गोठमा साँढे र बोका रोज्दै ग्राहक । यस वर्ष जनैपूर्णिमामा खयरखोला र नौलो वनका गोठबाट करिब ३ सय साँढे र बोका बेचे रकिसानले ६० लाखभन्दा बढी आम्दानी गरे । तस्बिर : घनश्याम/कान्तिपुर

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)