हाम्रो सबैभन्दा ठुलो संकट मानव पुँजी (भिडियोसहित)
ratopati.com · Tue Jun 09 18:15:00 GMT 2026

रामेश्वर खनालले प्रस्तुत गर्नुभएका १० वटा बुँदाहरूले बृहत् अर्थतन्त्र र शासकीय स्वरूपलाई निकै राम्रोसँग समेटेका छन् । यी बुँदाहरू हेर्दा मेरो दिमागमा राजनीतिक सोच र संस्कारको विषय झट्ट उब्जियो म यहाँ विश्लेषक पुरञ्जन आचार्यको भनाइ उद्धृत गर्न चाहन्छु, नेपालको एकीकरण हुँदाखेरि नै कस्तो सोच हाबी भयो भन्ने कुरा महत्त्वपूर्ण छ ।
मल्ल राजाहरूले सहर राम्रो बनाएका थिए, ढल निकास उत्कृष्ट थियो । दक्षिण भारतदेखिका वास्तुविद् ल्याएर एउटा सभ्यताको निर्माण गरिएको थियो । चीन र भारत दुवैतर्फ जोडेर व्यापार गर्ने एउटा व्यापारिक समाज थियो । यदि त्यो व्यापारिक र सभ्यतामुखी संस्कारले एकीकरण गरेको भए हाम्रो समाजको विकास अर्कै दिशामा जान्थ्यो होला । तर गोरखामा गरिबीको चक्रमा फसेको, तर टाठो-बाठो र बलियो राजाले शक्तिको भरमा एकीकरण गरिदिए । त्यसपछि ‘शक्तिले मात्रै सबै कुरा गर्न सकिन्छ’ भन्ने संस्कार हाबी भयो । पृथ्वीनारायण शाहपछिका राजाहरूले पनि विकास र नवप्रवर्तनको संस्कार बसाल्न भन्दा बल प्रयोगमै बढी जोड दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)