बिक्रीमा जमरा
nepalnews.com · Wed Oct 21 06:33:43 GMT 2026

काठमाडौं। बडादसैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनका हातबाट टीका र जमरा लगाइन्छ। आजका दिन नवदुर्गाको प्रसादका रूपमा शुभ साइतको प्रतीक रातो टीकासँगै जमरा पनि लगाउने गरिन्छ।
जमरालाई समृद्धिको प्रतीकका रूपमा लिने गरिन्छ। त्यसैले पनि दसैंमा टीकासँगै फूलको सट्टा टीका लगाउने प्रचलन रही आएको छ। टीका प्रसाद ग्रहण गर्न साइत खोज्नेका लागि नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आज बिहान १०ः२६ बजेको साइत उत्तम रहेको जनाएको थियो। तर पनि नागरिकले बिहान दुर्गा विसर्जनपछि टीका लगाउन सुरु गरेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)