धरानमा डेंगी संक्रमण दर घट्दै
ekantipur.com · Sat Sep 16 16:32:27 GMT 2023
सुनसरी — डेंगीबाट चार महिनाको अवधिमा १५ हजार ७ सय ६९ जना संक्रमित भएको धरानमा संक्रमणको दर विस्तारै घटिरहेको छ । तीन बालबालिकासहित १३ जनाको ज्यान लिएको डेगीको संक्रमण दर क्रमिक घट्नुमा प्रभावकारी स्वास्थ्य कार्यक्रमको कारण नभएर प्राकृतिक कारण रहेको जनस्वास्थ्यविद्हरुले बताएका छन् ।
डेंगी संक्रमणले सिकिस्त भएपछि उपचारार्थ बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना भएपछि १३ जनाको मृत्यु भएकाको थियो । अस्पताल नगई घरैमा सिटामोल खाँदै बस्दा अवस्था जटिल भएर मृत्यु हुनेको संख्या भने धेरै हुन सक्ने स्वास्थ्यकर्मीले बताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)