मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

ट्रम्प प्रशासनद्वारा ३ लाखभन्दा बढी अमेरिकी भिसा रद्द

lokaantar.com

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले आफ्नो दोस्रो कार्यकाल शुरू भएयता ३ लाखभन्दा बढी अमेरिकी भिसा रद्द गरेको छ। अमेरिकी विदेश मन्त्रालयका अनुसार सङ्घीय सरकारले अध्यागमनसम्बन्धी नियमहरूमा गरिरहेको व्यापक कडाइकै निरन्तरतास्वरूप यति ठूलो सङ्ख्यामा भिसा खारेज गरिएको हो।

पछिल्ला केही साताहरूमा भिसा खारेजीको गति अझ तीव्र बनेको तथ्याङ्कले देखाएको रोयटर्सले जनाएको छ । यसअघि गत अगस्ट १० मा सार्वजनिक गरिएको विवरणअनुसार जनवरी २०२५ मा ट्रम्पको दोस्रो कार्यकाल सुरु भएयता १ लाख ७५ हजारभन्दा बढी भिसा रद्द गरिएको थियो।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)