मनको सुन्दरता कि तनको ?
nayapatrikadaily.com · Mon Sep 04 00:26:00 GMT 2023
संस्कृत साहित्यका महाकवि कालिदास राजा विक्रमादित्यका प्रमुख सभापण्डित थिए । राजाले उनलाई अनेक प्रश्न सोधिरहन्थे भने कालिदास पनि आफूले जानेबुझेजति तर्कसंगत उत्तर दिएर राजालाई सन्तुष्ट बनाउने गर्थे । उनको उत्तर दिने शैली राजालाई असाध्यै मनपथ्र्यो भने बाँकी सभापण्डितचाहिँ उनको तार्किकता, विद्वत्ता र प्रत्युत्पन्न मतिको भित्रभित्रै ईष्र्या गर्थे ।
एक दिन राजा विक्रमादित्यले कालिदाससित प्रश्न गरे– कविज्यू, तपाईं असाध्यै विद्वान् हुनुहुन्छ, तर तपाईंको शरीर भने बुद्धिजस्तो सुन्दर छैन । यसको कारण के हो ? के हामी थाहा पाउन सक्छौँ ? राजाको प्रश्न सुनेपछि कालिदासले तत्काल कुनै प्रतिक्रिया या जवाफ दिएनन् । उनले यताउताका कुरा गरेर राजाको जिज्ञासालाई त्यत्तिकै अल्झाइदिए । एक दिन राजाले आफ्ना सेवकलाई पिउनेपानी ल्याउने आदेश दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)