ब्रह्मपुरी गाउँपालिका अध्यक्ष साहको निधन
gorkhapatraonline.com · Wed Oct 21 07:21:48 GMT 2026

सर्लाहीको ब्रह्मपुरी गाउँपालिकाका अध्यक्ष रामपदारथ साहको बुधबार निधन भएको छ । ब्रह्मपुरी गाउँपालिका –२ घर भएका ८५ वर्षीय साहको बुधबार बिहान काठमाडौँमा निधन भएको हो । अस्वस्थ भएपछि उहाँ उपचारका लागि काठमाडौँ जानुभएको थियो ।
ब्लड अस्पताल जावालाखेल ललितपुरमा उपचारपछि उहाँ चिकित्सकको सल्लाहमा घर फर्किने तयारीमा रहेकै बेला निधन भएको हो । उहाँको बिहान कोठामै निधन भएको छोरा दिलिप साहले गोरखापत्र अनलाइनलाई जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “बुवा बिहान प्रेस भएर आज नै घर फर्कने तयारीमा हुनुहुन्थ्यो ।”
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)