लुम्बिनी प्रदेश सरकारमा को को बने मन्त्री?
nepalkhabar.com · Thu Aug 12 16:27:42 GMT 2021
लुम्बिनी प्रदेशको मुख्यमन्त्री पद सम्हालेकै दिन कुलप्रसाद केसी मन्त्रिमण्डल बनाएका छन्। उनले मुख्यमन्त्रीको शपथ लिएकै दिन कांग्रेस, माओवादी, जनता समाजवादीका सांसदलाई मन्त्री बनाएका हुन्।
तीन दलका ६ जना सांसदलाई मन्त्री बनाएपछि पहिलो दिन नै केसीको मन्त्रिमण्डल सात सदस्यीय भएको छ। ६ जना मन्त्रीले आजै शपथ लिएका छन्।