जसले चाहेर पनि लगाउन पाउँदैनन् परिवारसँग दशैँको टीका
hamrakura.com · Wed Oct 21 00:00:00 GMT 2026

काठमाडौँ। स्वदेश तथा विदेशमा रहेका धेरै नेपालीहरू विभिन्न कार्यव्यस्तता, सेवा प्रवाह र दूरदराजका कारण विजयादशमीका दिन परिवारसँग बसेर टीका लगाउनबाट वञ्चित हुने गरेका छन्। विशेष गरी स्वास्थ्य, सुरक्षा, यातायात, सञ्चार, सरसफाइ र हस्पिटालिटी जस्ता अत्यावश्यक क्षेत्रमा कार्यरत जनशक्ति अरूको दशैँलाई सहज र सुरक्षित बनाउनका लागि आफ्नो चाडपर्व थाती राखेर ड्युटीमा खटिने गर्छन्।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार करिब ९० प्रतिशत प्रहरी कर्मचारीहरू चाडपर्वमा सर्वसाधारणको सुरक्षाका लागि खटिनुपर्ने भएकाले घर गएर टीका थाप्न पाउँदैनन्। नेपाली सेना, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान र निजी क्षेत्रका सुरक्षा गार्डहरूले पनि यस्तै अवस्थाको सामना गर्नुपर्छ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)