मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बेलायतका सांसदको हत्यामा आतंककारी संलग्न रहेको आशंका

nepalsamaya.com · Sun Oct 17 18:50:00 GMT 2021

काठमाडौं – बेलायतका एकजना सांसदको हत्यामा आतंककारीको हात रहेको अनुमान गरिएको छ। सांसद डेभिड अमेशको शुक्रबार अज्ञात व्यक्तिले छुरा प्रहार गरेर हत्या गरेको थियो।

कन्जरभेटिभ सांसद सर डेभिडलाई एसेक्सस्थित आफ्नै निर्वाचन क्षेत्रको चर्चमा मतदाताहरूसँगको भेटघाट कार्यक्रममा छुरी हानेको आरोपमा प्रहरीले एक २५ वर्षीय व्यक्तिलाई गिरफ्तार गरेको छ। प्रहरीले चक्कु भेटेको र सो हत्याका लागि थप कसैलाई गिरफ्तार गर्न खोजी नगरेको बताएको छ। तर प्रहरीले लन्डनका दुई स्थानमा खोजतलास गरिरहेको बताएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)