मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

यू–१९ महिला विश्वकपको खेल तालिका सार्वजनिक, नेपालले घरेलु मैदानमा खेल्ने

kendrabindu.com · Wed Oct 21 07:57:45 GMT 2026

काठमाडौं । यू–१९ महिला विश्वकप क्रिकेट आगामी आगामी जनवरी २१ देखि फेब्रुअरी ६ सम्म हुने भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी)ले सार्वजनिक गरेको खेल तालिकाअनुसार विश्वकपका खेलहरु नेपाल र बंगलादेशमा हुनेछन् ।

१६ टोली सहभागी टोलीलाई चार समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा नेपालसहित भारत, आयरल्यान्ड र वेष्ट इन्डिज छन् । समूह ‘बी’ मा दक्षिण अफ्रिका, न्यूजिल्यान्ड र समोआ छन् । समूह ‘सी’मा अष्टेलिया, बंगलादेश, नाइजेरिया र युएई हुँदा समूह ‘डी’मा इंग्ल्यान्ड, श्रीलंका, अमेरिका र स्कटल्याण्ड छन् । समूह चरणमा नेपालका सबै खेल घरेलु मैदानमा तय भएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)