मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

मुम्बईमाथि गुजरातको सजिलो जित

ekantipur.com · Wed Apr 26 00:29:42 GMT 2023

अहमदावाद — गुजरात टाइटन्सले इन्डियन प्रिमियर लिग २०२३ मा मंगलबार मुम्बई इन्डियन्समाथि सजिलो ५५ रनको जित निकालेको छ । यो जितसँगै गुजरातको १० अंक भएको छ र दोस्रो स्थानमा रह्यो । मुम्बई भने छ अंकमा छ ।

जितका लागि २ सय ८ रनको लक्ष्य पाएको मुम्बईले नौ विकेट गुमाएर निराशाजनक १ सय ५२ रन मात्र बनाउन सक्यो । नेहाल वढेराको ४० रन बाहेक अरू कसैले गतिलो योगदान दिन सकेनन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)