मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

राष्ट्रपतिदेखि सर्वसाधारणसम्म दसैँको टीकामा

nepalnews.com · Wed Oct 21 08:31:28 GMT 2026

काठमाडौँ। बडादसैँको मुख्य दिन विजयादशमीका अवसरमा बुधबार देशभर टीका, जमरा र प्रसाद ग्रहण गरिएको छ। राष्ट्रपति रामचन्द्र पौडेल र उपराष्ट्रपति रामसहायप्रसाद यादवले बिहान १० बजेर २६ मिनेटको शुभ साइतमा गुरु पुरोहितबाट टीका र जमरा ग्रहण गरेका छन्। सर्वसाधारणले पनि मान्यजनबाट टीका र जमरा थापेर दसैँ मनाएका छन्।

राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति पौडेलले गुरु पुरोहितबाट टीका, जमरा र प्रसाद ग्रहण गरेपछि प्रथम महिला सविता पौडेलसहित परिवारका सदस्यलाई टीका लगाइदिएका थिए। राष्ट्रपतिको स्वकीय सचिवालयका अनुसार विजयादशमीको शुभ साइतमा टीका लगाउने कार्यक्रम भएको हो।

स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)